नियम १००
सूचना प्रविधि समिति
(१) अदालतमा सूचना प्रविधि सम्बन्धी योजनाको तर्जुमा कार्यान्वयन तथा विकासको लागि देहाय बमोजिम देहाय बमोजिमको सूचना प्रविधि समिति रहनेछः (क) जिल्ला न्यायाधीश वा निजले तोकेको न्यायाधीश -अध्यक्ष (ख) ख्रेस्तेदार -सदस्य (ग) सूचना प्रविधि शाखा प्रमुख -सदस्य-सचिव ४९ (२) उपनियम (१) बमोजिमको समितिको बैठकमा आवश्यकताअनुसार सम्बन्धित अन्य निकायका प्रतिनिधिलाई आमन्त्रण गर्न सकिनेछ ।

(३) उपनियम (१) बमोजिमको समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) सर्वोच्च अदालत सूचना प्रविधि समितिको नीति नियम र निर्देशनको अधिनमा रही अदालतको लागि सूचना प्रविधि सम्बन्धी योजनाको तर्जुमा कार्यान्वयन र अनुगमन गर्ने । (ख) अदालतमा सञ्चालनमा रहेका सफ्टवेयर सञ्चालनमा ल्याउने तथा जनशक्तिको क्षमता विकास गर्ने । (ग) अदालतमा सूचना प्रविधिको विकासका लागि आवश्यक अन्य कार्य गर्ने ।